माधव सापकोटा
फागुन २५, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित “श्रीमद्भागवतज्ञानमहायज्ञसहित साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१”मा आज भगवान्को रथयात्रा / सवारी सम्पन्न भएको छ ।
मन्दिर प्राङ्गणबाट भगवान्का चल-विग्रहसहित बाजागाजा- भजनकीर्तनका साथ हजारौं भक्तजनहरूको उपस्थितिमा निक्लेको रथयात्रा धर्मचोक – अद्वैतचोक – वैकुण्ठचोक परिक्रमा गर्दै मन्दिरमा आएर सम्पन्न भएको थियो।
महोत्सवअन्तर्गत भोलि फागुन २६ गते बिहान ९ बजेदेखि १०८ घडाद्वारा तिरुमन्जन/महाभिषेक ,कल्याणोत्सव
सामूहिक व्रतबन्ध र २७ गते तदीयाराधना / भण्डाराको कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व र लक्ष्मीनारायण मन्दिर पाङ् , पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्वमा चलिरहेको महोत्सवमा दैनिकरूपमा युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासले सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन गरिरहनुभएको छ।