Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनः अध्यक्षमा नेत्रप्रसाद शर्मा

चितवन, २४ फागुन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशनले नेत्रप्रसाद शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज भरतपुरमा सम्पन्न अधिवेशनले २४ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा काशिनाथ शर्मा र देवेन्द्र पौडेल, सचिवमा गोकर्ण कार्की, उपसचिवमा जयनारायण शर्मा र प्रेम क्षेत्री र कोषाध्यक्षमा लक्ष्मी क्षेत्री रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा तिलक अधिकारी, एकनारायण पौडेल, कृष्ण भुषाल, धनबहादुर हमाल, केशव शर्मा लामिछाने, रुद्रप्रसाद शर्मा, शेषकान्त शर्मा, नारायण पौडेल, माधवप्रसाद शर्मा, हिमलाल भुषाल, लिलावल्लभ भुषाल, खिमप्रसाद शर्मा, नेत्रप्रसाद शर्मा, खिलप्रसाद शर्मा पौडेल, नेत्र लामिछाने, देवी बस्याल र भगवती पौडेल रहनु भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इञ्चार्ज माननीय पदम गिरीले एमालेका बिरुद्धमा विभिन्न भ्रमहरु छरेर नियोजित र संगठित रुपमा बदनाम गराउने काम भैरहेको बताउनुभयो । नेता गिरीले एमाले राष्ट्रिय राजनीतिको मूल नेतृत्वको केन्द्र भागमा रहेकोले देशी बिदेशी शक्तिहरु एमालेलाई कमजोर बनाउन लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “एमाले र त्यसका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना बनाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने जस्ता कामहरु हुँदै आएका छन्, एमालेलाई कमजोर नबनाई देशलाई कमजोर बनाउन सकिँदैन भनेर यस्ता गिरोहहरु लागेका छन् ।” चारैतिरबाट एमालेमाथि आक्रमण हुँदा एमालेका नेता कार्यकर्ताले जमेर प्रतिवाद गरेको नदेखिएको उहाँको भनाई थियो । उहाँले अगाडि थप्नुभयो “जसले आफ्नो सम्पत्ति पनि राष्ट्रियकरण गर्ने घोषणा गरेको छ, उसैले भ्रष्टाचार ग¥यो भनेर भ्रम फैल्याउने काम भएको छ ।” भ्रमहरु धेरैदिन नटिक्ने भन्दै उहाँले भन्नुभयो “भ्रमहरु अस्थायी हुन्, यी आफै हराएर जान्छन् ।” एमाले नेपालको बलियो राष्ट्रवादी शक्ति भएकै कारण देशभित्र र बाहिरका शक्तिकेन्द्र एमालेका विरुद्धमा रहेको उहाँले बताउनुभयो ।

एमालेले विकास र सम्मृद्धिको नेतृत्व लिएको दावी गर्दै एमाले सरकारमा आएपछि मात्रै विकास निर्माणका कामले गति लिन थालेको सांसद गिरीले बताउनुभयो । नारायणगढ–बुटबल सडकखण्ड, भरतपुरमा ६ लेन सडक, पोखरा–मुग्लिन सडकखण्ड, मुग्लिन–नागढुंगा सडक, हरेक पालिकामा आधारभूत अस्पताल निर्माणले ओली सरकार बनेपछि मात्रै गति लिन थालेको उहाँको भनाइ छ ।

यसअघि, माओवादी नेतृत्वको प्रचण्ड सरकार आफूले ठेक्का लगाएको विकास निर्माणका कामकोसमेत भुक्तानी दिन नसक्ने हालतमा पुगेको स्मरण गराउँदै सांसद गिरीले अघिल्लो सरकारले सिर्जना गरेको दायित्व अहिलेको सरकारले पूरा गरेको बताउनुभयो । बिग्रिएको अर्थतन्त्रलाई ट्याकमा ल्याउन अहिलेको सरकारले निरन्तर प्रयास गरिरहेको भन्दै उहाँले देशमा केही हुँदैन÷भएन भन्ने भाष्य गलत भएको बताउनुभयो । २०८४ सालको निर्वाचनमा पहिलो राजनीतिक शक्ति भन्ने लक्ष्यका साथ उच्च मनोबल बनाएर पार्टी र सरकारका बिरुद्ध गरिएको भ्रम चिरेर जनताकोमा जान सांसद गिरीले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालका अप्ठ्यारा दिन अब १० वर्ष मात्रै रहने भन्दै नेता गिरीले भन्नुभयो “अहिले पूर्वाधारमा लगानी भईरहेको छ, पूर्वाधारपछि सिंगो राष्ट्रको काम उत्पादनमा जोडिने छ ।” आफूहरुसँग भएको सीप र पूँजी प्रयोग गरेर उत्पादनमा जोडिन उहाँले कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

प्रगतिका लागि व्यक्ति बसाई सराई गर्ने भन्दै उहाँले जहाँ गएपछि विचार सँगसैगै जाने बताउनुभयो । चितवनमा बसोबास गर्ने पर्वतेलीहरुलाई सम्बोधन गर्दै उहाँले अगाडि भन्नुभयो “तपाईहरुको श्रम र पसिनाको जगमा अहिलेको पर्वतको राजनीति चलिरहेको छ । तपाईहरुले दिएकै जिम्मेवारी हामीले बोकिहेका छौं ।” आफ्नो थाकथलोलाई नबिर्सन समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन इञ्चार्ज देवी ज्ञवालीले बसाईसराईलाई भयावह रुपमा हेर्न नहुने बताउनुभयो । बसाईसराई परापूर्व कालदेखि हुँदै आएको बताउँदै उहाँले भन्नुभयो “बाबु हुर्केको ठाउँमा म बसिन, म बसेको ठाउँमा मेरो छोरा बस्दैन ।” आर्थिक र सामाजिक प्रगतिका लागि मानिस बसाई सराई गरिरहने भन्दै उहाँले अहिले युरोपियनहरु दुबई लगायतका खाडी मुलुकमा काम गर्न आईरहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

विगतमा अवसर खोज्दै चितवन झरेकाहरु अब अवसरका लागि पहाड फर्किने अवस्था आउँदै गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अब व्यवसायिक कृषि गर्न सस्तो जमिन पहाडमा पाईन्छ, उहाँ बाँझो जमिन पनि छ त्यसलाई उपयोग गर्नुपर्छ ।” संकटबाट अवसर सिर्जना गर्नुपर्ने भन्दै उहाँले पर्वत चेतना र भौतिक पूर्वाधारका हिसाबले धेरै अगाडि बढेको बताउनुभयो ।

एमाले चितवनका अध्यक्ष कमल पाठकले मिसान ०८४ को लक्ष्य पूरा गर्न जहाँ भएपनि पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो । पर्वत–चितवन सम्पर्क समाजमा एमाले मात्रै नभएर अरु पार्टीकालाई पनि कुरा बुझाएर भित्र्याउनु पर्ने उहाँको सुझाव थियो ।

एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले “जहाँ शुभचिन्तक त्यहाँ पार्टी” भन्ने अभियानका साथ काठमाण्डौं, पोखरा, चितवन, नवलपरासी, बुटवल जस्ता शहरमा एमाले पर्वत जोडिंदै गएको बताउनुभयो । पर्वत र चितवनलाई सामाजिक, आर्थिक र बौद्धिक रुपमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने भन्दै उहाँले पर्वतलाई चाहिने दक्ष जनशक्ति चितवनले दिन सक्नु पर्ने बताउनुभयो ।

एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा शिक्षाविद् रमाकान्त सापकोटाले बि.सं. २०१८ सालमा पर्वत जिल्ला बनेको भन्दै पर्वतकै कृष्णबम मल्लको अवधारणामा चितवन बनेको इतिहास कोट्याउनुभयो । एमाले गण्डकी प्रदेश सचिवालय सदस्य शान्त पौडेलले निर्वाचनमा एमालेलाई भोट हाल्दिन भन्ने एमाले हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभासद् हरि सापकोटा, टिकाराम भुषाल, एमाले गण्डकी प्रदेश सदस्य लालबहादुर अधिकारी, एमाले पर्वतका उपाध्यक्ष विमल लामिछाने, महाशिला गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुषाल लगायतले बोल्नु भएको थियो । पर्वत–चितवन सम्पर्क समाज तदर्थ समितिका संयोजक नेत्र पौडेलको अध्यक्षतामा उद्घाटन समारोह भएको हो ।

कार्यक्रममा एमालेका केन्द्र, प्रदेश तथा चितवन र पर्वत जिल्ला कमिटीका विभिन्न पदमा रहनु भएका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.