चितवन, फागुन २३
भारतको टायल कम्पनी, कजरिया टायल्सले चितवनको भरतपुर महानगरपालिका–७ विकास चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मध्यनेपालकै ठूलो दाबी गरिएको उक्त शोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ तथा कजरिया ब्राण्ड नेपालका प्रमुख प्रविण सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। पशुपति ग्रेनाईट एण्ड टायल्स सप्लायर्सले कजरिया ब्राण्डको शोरुम सञ्चालनमा ल्याएको हो।
भारतको नम्वर वान टायल्स कम्पनी भएकाले टायल्सलाई इञ्जिनियर, निर्माण व्यावसायिक, इन्टेरियर डिजाइनर तथा ग्राहकहरूद्धारा अत्यधिकरुपमा रुचाइएको छ । यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एउटै छानामुनि ग्राहकहरूले विभिन्न सिरिज र ‘लाइभ मक–अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको सञ्चालक नवराज पोख्रेलले जानकारी दिए । साथै कजरिया टायल्सले अत्याधुनिक प्रविधि र दिगोपन प्रतिको प्रतिबद्धतासहित ‘द स्टेट अफ द आर्ट कन्टिन्युए टेक्नोलोजी’ प्रयोग गर्दै, कम्पनीले उद्योगमा नयाँ बेन्चमार्कका साथै सटिक, स्थायित्व र सुन्दर ठुला टाइल स्ल्याबहरू उत्पादन गर्दै आएकोमा सोहि अनुसारको टायल्स तथा ग्रेनाईन उक्त शोरुममा पाईने अर्का सञ्चालक मोहन पोख्रेलले बताए ।
प्रत्येक टायलले खाली ठाउँमा सुन्दरता साथै कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीका मार्केटिङ म्यानेजर विकाश गौतमले बताए । चितवनका दुई दाजु भाई मोहन पोख्रेल र नवराज पोख्रेलले १० करोड रुपैयाँको लगानीमा पशुपति टायल एण्ड ग्रेनाईट सप्लायर्स सञ्चालन गरेका हुन् ।