चितवन, फागुन २२ –
नेकपा एमाले रत्ननगर नगर कमिटीको दसौं नगर अधिवेशनको विषयलाई हवाला दिदै राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीको निशानछाप र लेटरहेडको दुरुपयोग गर्दै रत्ननगर भुगोलका केही राष्ट्रिय युवा संघ नेपालमा आवद्ध कमरेडहरुले नगर पार्टी कार्यालय रत्ननगरमा लगाएको ताला आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको नेतृत्वमा खोलि पार्टी कार्यालय सुचारु गरिएको छ ।
राष्ट्रिय युवा संघको संचालन पद्दति, सांगठानिक संरचनाको सिद्धान्त र मर्म विपरित संगठनको नगर कमिटीले गरेको पार्टी नेतृत्वलाई विविध लान्छना लगाउदै अमर्यादित र अनुशासनहिन गतिविधि गरेको प्रति जिल्ला कमिटी चितवनको गम्भीर आपत्ति रहेको कुरा जिल्ला कमिटीका अध्यक्ष झलक राज भट्टले बताउनु भयो । पार्टी र संगठनमा तमाम असहमति हुन सक्छन र ती विषयहरुको निरुपण कमिटीगत रुपमा नै हुनु पर्ने कुरालाई रत्ननगर नगरका केहि युवा कमरेडहरुले नजरअन्दाज गरेकोमा जिल्ला अध्यक्ष भट्टले चिन्ता ब्यक्त गर्नु भयो ।
यस खाले क्रियाकलाप सांगठानिक अराजकता भएको ठहर जिल्ला कमिटीको थियो र जिल्ला कमिटीले उक्त हर्कत सच्याउन पटक पटक ताकेता गर्दा पनि उक्त कदम नसच्याएको हुदा सिंगो राष्ट्रिय युवा संघ नेपालको गरिमामा नै गम्भीर धक्का पुगेको ठम्याई जिल्ला कमिटीको छ र उक्त गतिविधिमा संग्लग्न कमरेडहरुलाई आवश्यक कारवाही गरिने समेत स्पष्ट पार्नु भयो ।
नेकपा एमालेको जनसंगठन पार्टी कै एउटा अंग भएको कुरा साथीहरुले विर्सनु हुदा गलत सन्देश समाजमा गएको कुरा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीका युथ फोर्स विभाग प्रमुख कुमार थापा मगरले बताउनु भयो र आगामी दिनहरुमा यस्ता खाले हर्कत प्रति संगठन थप निर्मम हुनु पर्ने कुरामा जोड दिनु भयो । आज दिन भरि नै संगठनका जिल्ला इन्चार्ज शंकर अधिकारीले तालाबन्दिमा संग्लग्न साथीहरुलाई जिल्ला पार्टी कार्यालयमा छलफलको लागि बोलाउनु भएको थियो र मैले पनि पटक पटक फोन गरेर पार्टी कार्यालय आउन आग्रह गरेको थिए तर साथीहरुले उक्त विषय हलुका रुपमा लिनु भयो जस्तो छ तर संगठन त्यसको बन्दक हुदैन र हुनुहुदैन भन्ने जिकिर जिल्ला सचिब उत्तम सेढाईले गर्नु भयो ।
आगामी दिनहरुमा पनि मातहतका कमिटीका यस्ता गतिविधि प्रति जिल्ला कमिटी थप सचेत सजग हुने कुरा सचिव सेढाईले व्यक्त गर्नुभयो ।