काठमाडौँ २१ फागुन
अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
बुधबार बिहान अमेरिकी जहाजमार्फत नेपाल ल्याइएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । डिपोर्ट भएका नेपालीहरू ८ जना रहेको पनि उनले पुष्टि गरे ।
‘नेपाल ल्याइएसँगै उहाँहरूलाई अध्यागमन प्रक्रिया पूरा गरेर हामीले नेपाल प्रहरीलाई जिम्मा लगाएका छौँ’, उनले भने, ‘सोही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेको थियो सोही अनुसार जिम्मा लगाइदिएका छौँ ।’
L
उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ । त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ ।
प्रहरीले डिपोर्ट भएकाहरुबाट मानव तस्करीमा संलग्नहरुको नेक्सस खुल्ने विश्वास लिएको छ ।