चितवन, जेठ २७ –
एक दशकदेखि शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले शहीद चोक, नारायणगढमा एडुल्याण्ड एजुकेसन कन्सलटेन्सी खोलेका छन् ।
अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एडुल्याण्डको सुरुवात गरिएको स्कटल्याण्डबाट व्यवस्थापान विषयमा मास्टर्स गरेका कार्यकारी निर्देशक नारायण सापकोटाले बताए ।
पञ्चकन्याबाट समुद्घाटन गरिएको सो समारोहमा एडुल्याण्डका निर्देशकहरु सुरेश बराल, रबि खरेल, केशव अधिकारीले उक्त शैक्षिक संस्थाको योजना र उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
आइएलटिएस, पिटिई, अङ्ग्रेजी अनि जर्मन भाषाको समेत पढाई हुने एडुल्याण्ड कन्सल्टेन्सी चितवन, नवलपरासीका विभिन्न कलेजहरुमा ब्याचलर तथा मास्टर्स अध्यापन गराइरहेका व्यक्तिहरुद्वारा संचालित शैक्षिक संस्था हो ।