माधव सापकोटा
फागुन १९, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा फागुन २१ देखि २७ सम्म आयोजित “श्रीमद्भागवतज्ञानमहायज्ञसहित – साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१” को पूर्व सन्ध्यामा भोलि फागुन २० गते मोटर साइकल तथा गाडी र्याली हुने भएको छ।
र्याली दिउसो ३ बजेदेखि मन्दिर परिसरबाट सुरु हुने मोटर साइकल तथा गाडी र्याली संयोजक वे ग्रुप नेपालका संस्थापक अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिनुभयो।
महोत्सवअन्तर्गत फागुन २१ गते बिहान १० बजेदेखि शोभा-कलशयात्रा, मुक्तिनाथ बाबाबाट समुद्घाटन, फागुन २५ गते बिहान १० बजेदेखि भगवान्को विशाल रथयात्रा ,फागुन २६ गते बिहान ९ बजेदेखि १०८ घडाद्वारा तिरुमन्जन,महाभिषेक ,कल्याणोत्सव,सामूहिक व्रतबन्ध,फागुन २७ गते तदीयाराधना / भण्डाराको कार्यक्रम रहेको मन्दिर संचालक समितिका उपाध्यक्ष कमलनयन कंडेलले बताउनुभयो।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व र लक्ष्मीनारायण मन्दिर पाङ्, पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्वमा सम्पन्न हुने महोत्सवमा दैनिकरूपमा युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासले सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन गर्ने कार्यक्रम रहेको छ।