माधव सापकोटा
फागुन १८, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व , लक्ष्मीनारायण मन्दिर पाङ्,पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्व एवम् सुप्रसिद्ध युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासको प्रमुख वाचकत्वमा फागुन २१ देखि २७ गतेसम्म चल्ने “श्रीमद्भागवतज्ञानमहायज्ञसहित – साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१” को मिति नजिकिँदै गर्दा जनसम्पर्क, प्रचारप्रसार , पण्डाल निर्माण लगायतका तयारीका कार्यहरू तीव्रताका साथ अगाडि बढिरहेका छन् ।
महोत्सवअन्तर्गत फागुन २० गते दिउसो ३ बजे मोटरसाइकल तथा गाडी र्याली, फागुन २१ गते बिहान १० बजे शोभा-कलशयात्रा, ११:३० बजे मुक्तिनाथ बाबाबाट समुद्घाटन, फागुन २५ गते बिहान १० बजेदेखि भगवान्को विशाल रथयात्रा ,फागुन २६ गते बिहान ९ बजेदेखि १०८ घडाद्वारा तिरुमन्जन/ महाभिषेक ,कल्याणोत्सव ,सामूहिक व्रतबन्ध,फागुन २७ गते तदीयाराधना / भण्डाराको कार्यक्रम रहेको मन्दिर संचालक समितिका उपाध्यक्ष कमलनयन कंडेलले बताउनुभयो।
महोत्सवमा दैनिकरूपमा दिउसो १ बजेदेखि ४ बजेसम्म सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साङ्गीतिक भजन एवम् झाँकी प्रदर्शनको कार्यक्रम रहेको छ।