चितवन फागुन १५ –
‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुर–७, कृष्णपुरस्थित खेलकुद मैदानमा भोलि (शुक्रबार)देखि गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ । आतिथ्यता साझेदार स्थानीय अङ्कुरम् एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो ।
आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपटक भने आफै प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए ।
चितवनमा दोस्रोपटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने समूहलाई दुई लाख, दोस्रो हुने समूहलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एक÷एक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एक÷एक गरी जम्मा सातवटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्दाटन भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन् ।
सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा तीन जना र आयोजक समूहमा दुई जना विदेशी खेलाडीह? पनि सहभागी रहने जानकारी दिइएको छ ।
क्लबले ‘खेलसँगै पर्यटन’को अवधारणाअनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यसवर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै प्रतियोगिता सञ्चालन गरिने र प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने राष्ट्रिय कोच तथा गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
प्रतियोगिताको हस्पिटालिटी पार्टनर अङ्कुरम् एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट इमाडोल र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।
त्यसैगरी सहयोगी संस्थाह?मा एलआइसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेशन एण्ड भिसाा सर्भिसे चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाडौँ तथा माइती रिसोर्ट कीर्तिपुर रहेको