Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ८. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाटको गलेश्वर आश्रम

चितवन, फागुन १५-

पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ ।

त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ ।

सो आश्रममा एक सय ५५ वटा छुट्टाछुट्टै कुटी छन् भने साधक भवनमा ५५ वटा कुटीजस्तै कोठा छन् । हरेक कुटीमा खाना पकाउने भान्सा, सुत्ने कोठा र सँगै शौचालय बनाइएको छ । आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलका अनुसार भक्तजन धेरै भएका बेला कुटी, धर्मशाला र सभाहलसमेतमा सुत्ने व्यवस्था गरिन्छ । उहाँले भन्नुभयो “एक हजार जनासम्मलाई निःशुल्क रूपमा सुत्ने व्यवस्था गर्न सक्छौँ ।”

कुटीमा ५० वर्षमाथिका ज्येष्ठ नागरिकहरु बस्दै आउनुभएको छ । एउटा कुटीमा श्रीमान्–श्रीमती भए दुई जना र नभए एक जना मात्र बस्ने व्यवस्था मिलाएको छ । सञ्चालक प्याकुरेलका अनुसार देशभरबाट यहाँ आउने भक्तजन आश्रमको कुटीमा बस्नु हुन्छ । उहाँहरुको शेषपछि कुटीको माग गरेकालाई पालोअनुसार दिने गरिएको छ । कुटीमा बसेको कुनै शुल्क लाग्दैन । आफँै पकाएर खान सक्नेले आफैँ खान्छन् भने नसक्नेको हकमा सामूहिक भान्सा ९भण्डारा०मा गई निःशुल्क खाने प्रबन्ध मिलाइएको आश्रमले जनाएको छ ।

बाहिरबाट आएर थप कुटी बनाएर बस्न चाहनेका लागि निर्माण खर्च लिन थालिएको छ । हक हस्तान्तरण नहुने गरी कुटी बनाउन पाइने व्यवस्था भएअनुसार जम्मा दुई वटा बनाइएको छ ।

सो आश्रमअन्तर्गत वेदवेदाङ्ग संस्कृत विद्यापिठ सञ्चालित छ । देवघाटस्थित सो विद्यापिठमा कक्षा ६ देखि शास्त्री (स्नातक) तहसम्मको पढाइ हुनेगरेको छ । त्यहाँ अहिले दुई सय ३५ विद्यार्थी निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । यसैगरी आश्रमले देवघाटकै चितवनतर्फ ७५ जना क्षमताको ज्येष्ठ नागरिक विश्रान्ति कक्षसमेत सञ्चालन गर्दै आएको छ । न्यूनतम रकम लिएर यो आश्रम सञ्चालन गरिएको छ । वृद्धवृद्धालाई हीनताबोध नहोस् भन्नका लागि वार्षिक रु ४४ हजारदेखि रु ५० हजारसम्म शुल्क लिएर यो आश्रम सञ्चालन गरिएको सञ्चालक प्याकुरेलले जानकारी दिनुभयो ।

आश्रम सञ्चालनका लागि सालाखाला मासिक रु २० लाख खर्च हुने गर्दछ । यो रकम दाताको सहयोग र अक्षयकोषको व्याजबाट सञ्चालन हुनेगरेको छ । पितृको नाममा वार्षिक तर्पण तथा पिण्ड दान एवं जन्मदिनमा शिवपूजन, रुद्राभिषेक, हवन गर्दा भक्तजन एवं दाताबाट प्राप्त हुने रकम अक्षयकोषमा राख्ने गरिएको छ । अहिलेसम्म चार हजार दुई सय जनाले अक्षयकोषमा रकम जम्मा गरेको आश्रमले बताएको छ ।

विसं २०५३ सालमा खडा गरिएको अक्षयकोषमा रकम जम्मा हुनेक्रम जारी छ । अहिले गलेश्वर आश्रममा भण्डारा, विश्रान्ती आश्रम र विद्यालयमा गरी ४३ जनाले सेवा दिँदै आएका छन् ।

महामण्डलेश्वर स्वामी आत्मनन्द गिरीको संरक्षकत्वमा आश्रम सञ्चालन हुँदै आएको छ । विसं १९८० सालमा तपश्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रम्हचारी (गलेश्वर बाबा)ले आफ्नो साधनास्थलको रूपमा कालिगण्डकीलाई पछ्याउने क्रममा म्याग्दीबाट चितवनको देवघाट आएर कुटी निर्माण गरी आश्रमको सुरुवात गर्नुभएको हो ।

सो आश्रमका सचिव भोजराज पौडेलका अनुसार आश्रमअन्तर्गत करोडौँका संरचना निर्माण गरिएको र स्रोतसाधनले भ्याएसम्म आवश्यकताअनुसार संरचना निर्माणकार्यलाई निरन्तरता दिइने छ । आश्रम परिसरमा रु नौ करोडको लागतमा सिद्देश्वर महादेवको मन्दिर निर्माण गरिएको छ भने विद्यापिठ भवन रु १२ करोड बढी खर्च गरी बनाइएको छ ।

सचिव पौडेलका अनुसार रु ५० करोडभन्दा बढीका संरचना आश्रम परिसरमा दाता र सरकारी निकायको सहयोगमा बनेका छन् । बेणीदेखि गलेश्वर चोकसम्म नेपाली ढुङ्गा छापेर धार्मिक पर्यटकीयमार्ग बनाउन सरकारी निकायसहित विदेशी दुतावाससँग पहल भइरहेको आश्रमले जनाएको छ ।

पवित्र तीर्थस्थल देवघाटमा रही निश्वार्थ ढङ्गले मानव सेवामा समर्पित हुन पाएकोमा गर्व गर्दै गलेश्वर आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलले भन्नुभयो, “भगवानको कृपा, साधुसन्त–माहात्मको आर्शीवाद, साहुमहाजन एवं चन्दादाताको अविस्मरणीय सहयोग, तमाम् भक्तजन, स्थानीय जनता र आमसर्वसाधारणको विश्वास र मायाका कारण अहिलेसम्म आश्रममा आए जतिलाई निःशुल्क भोजनसहित वृद्धवृद्धालाई कुटी र बालबालिकालाई स्नातक तहसम्मको शिक्षा दिन सकिएको हो । सेवा नै परमोधर्म हो भन्ने मान्यतालाई आत्मसाथ गरी समाजका असहाय, दीनदुखी, वृद्धवृद्धाको सहयोगमा समर्पित आश्रमलाई मन, वचन, कर्मले सहयोग गर्न सबैसँग अनुरोध गर्दछु ।” रासस

 

Chitwan Aaja चितवन आज
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै
गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

ताजा समाचार

सबै

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

आज देशभरको मौसम मुख्यतया सफा रहने

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.