माधव सापकोटा
फागुन १४, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व , लक्ष्मीनारायण मन्दिर पाङ्,पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्यको प्रधान आचार्यत्व एवम् सुप्रसिद्ध युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासको प्रमुख वाचकत्वमा फागुन २१ देखि २७ गतेसम्म”श्रीमद्भागवतज्ञानमहायज्ञसहित साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१” हुने भएको छ।
महोत्सवअन्तर्गत फागुन २१ गते बिहान १० बजे शोभा – कलशयात्रा, ११:३० बजे समुद्घाटन, फागुन २५ गते बिहान १० बजेदेखि भगवान्को विशाल रथयात्रा
फागुन २६ गते बिहान ९ बजेदेखि १०८ घडाद्वारा महाभिषेक ,कल्याणोत्सव ,सामूहिक व्रतबन्ध
फागुन २७ गते भण्डारा, समापनको कार्यक्रम रहेको मन्दिर संचालक समितिका उपाध्यक्ष कमलनयन कंडेलले जानकारी दिनुभयो।
महोत्सवमा दैनिकरूपमा
बिहान ७ बजेदेखि ११ बजेसम्म भगवदाराधना पाठ / पारायण,अभिषेक, हवन , अनुष्ठान , गुरुकुलका विशेष कार्यक्रम
दिउसो १२ बजेदेखि १ बजेसम्म विशिष्ट सन्त- महन्त , विद्वान् – विदुषीहरूबाट प्रवचन दिउसो १ बजेदेखि ४ बजेसम्म सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन
साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साङ्गीतिक भजन एवम् झाँकी प्रदर्शनको कार्यक्रम रहेको मन्दिर संचालक समितिका सदस्य श्रीहरि कँडेलले बताउनुभयो।