फागुन ८ , चितवन
माधव सापकोटा
भरतपुर–४,हरिकीर्तनचोक,लंकुस्थित हरिकीर्तन धार्मिक संस्था(लक्ष्मीवेङ्कटेश मन्दिर)मा पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य/ अखण्ड हरिकीर्तन बाबाको सत्संकल्प , नारायणाचार्य/ टीकाराम गुरुको प्रधान आचार्यत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को भोलि समापन हुँदैछ।
महायज्ञको आठौँ दिन आज पनि उल्लेख्य भक्तजनहरूको सहभागिता रहेको थियो । अक्षयकोष अभिवृद्धि गरी व्यवस्थित ढंगले मन्दिर सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा अहिलेसम्म नगद तथा बोलकबोल गरी १ करोड ७० लाख भन्दा बढी रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले बताउनुभयो।
महायज्ञको समापनमा भोलि दिउसो ३ बजेपछि करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मूल समितिका संयोजक टीकाराम कँडेलले जानकारी दिनुभयो।