चितवन, फागुन ७-
चितवनका पत्रकार भूपराज पाठकको निधन भएको छ । माडी–४, सिम्रहनीका पत्रकार पाठकको बुधबार बिहान उपचारको क्रममा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्रममा निधन भएको हो ।
पाठकलाई २१ मंसिरमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको थियो ।
त्यसलगत्तै थप उपचारका लागि भारतको राजीव गान्धी अस्पताल लगिएको थियो । थप सुधार नभएपछि उहाँलाई भरतपुरकै क्यान्सर अस्पतालमा उपचार गरिएको थियो ।
नेपाल पत्रकार महासंघ चितवन जिल्ला कार्यसमितिका पुर्व सदस्य, नेत्रहीन युवा संघ चितवनका अध्यक्ष, नगर अपांग उत्थान समाज माडीका उपाध्यक्ष एवं सामुदायिक रेडियो माडीका सञ्चारकर्मीसमेत रहेका पाठक ब्रेल लिपिमा समाचार पढ्ने पत्रकारका रुपमा समेतका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो ।