फागुन ७ , चितवन
माधव सापकोटा
भरतपुर–४,हरिकीर्तनचोक,लंकुस्थित हरिकीर्तन धार्मिक संस्था(लक्ष्मीवेङ्कटेश मन्दिर)मा पीठाधीश अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलको सत्संकल्प , नारायणाचार्य/ टीकाराम गुरुको प्रधान आचार्यत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ समाप्तितर्फ उन्मुख हुँदै गर्दा भक्तजनहरूको सहभागितामा वृद्धि भइरहेको छ ।
महायज्ञको सातौं दिन आज पनि स्वत:स्फूर्तरूपमा सहयोगी भक्तजनहरूले सहयोग गरिरहेको र अहिलेसम्म नगद तथा बोलकबोल गरी १ करोड ६२ लाख भन्दा बढी रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले जानकारी दिनुभयो।
महायज्ञको अन्तिम दिन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको छ।