फागुन ४ , चितवन
माधव सापकोटा
भरतपुर–४,हरिकीर्तनचोक,लंकुस्थित हरिकीर्तन धार्मिक संस्था(लक्ष्मीवेङ्कटेश मन्दिर)मा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ मा भोलि फागुन ५ गते कमलनयनाचार्य( मुक्तिनाथ बाबा)को आगमन हुने भएको छ । बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन,संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य (महन्त )मा पट्टाभिषेक, नारायणाचार्य/ टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन हुने कार्यक्रम छ।महायज्ञमा अहिलेसम्म नगद तथा बोलकबोल गरी १ करोड रकम संकलन भएको आर्थिक संयोजक भानुभक्त कंडेलले बताउनुभएको छ ।
महायज्ञको मध्यभाग चल्दै गर्दा भक्तजनहरूको सहभागितामा वृद्धि हुँदै गइरहेको र दाताहरू पनि स्वत:स्फूर्तरूपमा आइरहेको मूल समितिका संयोजक टीकाराम कंडेलले बताउनुभयो।
शालग्रामाचार्य गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य / टीकाराम गुरुको प्रधान आचार्यत्वमा जारी महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा. चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागवत प्रवचन गरिरहनुभएको छ।