काठमाडौँ, २ फागुन :
देशभर १२ लाख ४० हजार ७७ किशोरले एचपीभी खोप लगाइका छन् ।
माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्ध एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको मन्त्रालयले जनाएको छ ।
यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।