२ फागुन, काठमाडौं-
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिकको खोजी कार्य जारी छ ।
शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका थिए ।