चितवन, माघ ३० –
नेकपा (एमाले) खैरहनी नगर कमिटी चितवनको अध्यक्षमा पूर्ण प्रसाद डल्लाकोटी चयन भएका छन् ।
मंगलबार साँझ सम्पन्न पार्टीको दोस्रो नगर अधिवेशनले डल्लाकोटीको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मतबाट चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा दिपेन्द्र खरेल, सचिवमा भरत सुवेदी, उप सचिवहरुमा मनेजर महत्तो र सुकमाया घिसिङ चयन भएका एमाले प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।
प्रभा बरालको अध्यक्षतामा र कपिलदेव पोखरेल, दावा दार्जे लामा, मुकुन्द दाहाल, जगन्नाथ आचार्य, कृष्णलाल चौधरी, कुल प्रसाद भुषाल, शान्ति चौधरी, श्याम विस्टको सदस्यतामा बनेको अध्यक्ष मण्डलले सर्वसम्मतबाट नेतृत्व चयन गर्न सफल भएको हो ।
अधिवेशनको बन्दसत्रमा नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । उद्घाटन सत्रलाई पार्टीका उप महासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरेका थिए ।