Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक ०१, २०८२
☰
Logo शनिबार, कार्तिक ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ८. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ९. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

  • १०. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

श्री कलेज अफ टेक्नोलोजीले मनायो १६ औं वार्षिकोत्सव

चितवन, माघ २८ –
श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । कलेज प्राङ्गढमा आईतबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुुलपति प्रा.डा.बिजुकुुमार थपलियाले कक्षा १२ पढेपछि विदेश जाने प्रचलनले नेपालका कलेजहरुमा विद्यार्थीको संख्या कम हुँदै गएको बताउनु भयो । उहाँले विद्यार्थीलाई कसरी नेपालमै राख्न सकिन्छ भनेर विश्वविद्यालय लागिपरेको बताउनुभयो ।

प्रा.डा.थपलियाले भन्नुभयो “विद्यार्थी आकर्षित गर्न नयाँनयाँ कार्यक्रम ल्याउँदैछौं ।” अहिलेको चुनौती नै विद्यार्थी संख्या बढाउनु रहेको भन्दै उहाँले नयाँ अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “फ्याकेल्टी (संकाय) विकासमा पनि लागिरहेका छौं ।”

विद्यार्थी बिनाका कलेज कलेज हुन नसक्ने भन्दै उहाँले भन्नुभयो “समाजसँग जोड्ने र अवसर सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन हामी लागिरहेका छौं ।” नयाँ नयाँ चुनौतीहरुलाई पार गर्दै थप गुणस्तरीय शिक्षा दिन सके मात्रै विद्यार्थीलाई नेपालमा रोक्न सकिने उहाँको भनाई छ ।

श्री कलेज अफ टेक्नोलोजीले १६ वर्षको लामो यात्रा पार गरेको भन्दै उपकुलपति प्रा.डा.थपलियाले भन्नुभयो “लामो समयदेखि शिक्षामा राम्रो काम गर्दै आउनु भएको छ ।” यस कलेजका प्राध्यापक, कर्मचारी र व्यवस्थापनको ठूलो मिहिनेतले यहाँसम्म ल्याउन सकेको भन्दै उहाँले भन्नुभयो “यस कलेजले जर्नलमा अनुसन्धानपत्र प्रकाशन गर्न शुरु गरेर राम्रो कामको थालनी गरेको छ ।”

यस कलेजले समाज र राष्ट्रका लागि दिएको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादनमा योगदान दिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धानपत्र प्रकाशित गर्ने महत्वपूर्ण कामको शुरुवात गरेकोमा प्रशंसा गर्नुभयो । अनुशासन के हो भन्ने कुरा यहाँका विद्यार्थीले देखाएको भन्दै उहाँले भन्नुभयो अनुशासन महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

यस कलेजका विद्यार्थीहरु विभिन्न खेलकुदमा सहभागी हुने गरेको भन्दै उहाँले खेलमा सहभागी हुनु पनि राम्रो भएको बताउनुभयो । डिन डा.पोखरेलले भन्नुभयो “खेलमा सहभागी हुनु महत्वपूर्ण कुरा हो, हार–जीत भन्ने कुरा महत्वपूर्ण होइन ।”

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल यस कलेको सहयोगी बन्न सकेको बताउनुभयो । कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले जनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उहाँले बताउनुभयो । उहाँले नेपालमै बसेर अध्ययन गर्न आग्रह गर्दै स्वास्थ्यका जनशक्तिलाई भरतपुर अस्पतालमा रोजगार दिने समेत बताउनुभयो ।

नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा.निर्मल लामिछानेले इतिहास बोकेको यस कलेजसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नेशनल सिटी अस्पताल सुविधासम्पन्न रहेको भन्दै यहाँ अध्ययन गरेर अस्पतालमा प्रयोगात्मक गर्न जाने विद्यार्थीलाई अस्पतालका सुविधा अधिकतम उपभोग गर्न आग्रह गर्नुभयो । चितवन सहित देशैभरिका बिरामीलाई आफूहरुले सेवा दिंदै आएको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्र मानव सेवामा समर्पित भएर गर्नुपर्ने बताउनुभयो ।

कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले बि.सं. २०६३ सालमा भाडाको घरबाट शुरु गरिएको कलेज आज आफ्नै सुविधासम्पन्न भवनमा रहेको बताउनुभयो । भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिंदै उहाँले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिंदै आएको बताउनुभयो ।

हाल २९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीईभिटीका कार्यक्रम अध्ययन गरिरहेको भन्दै उहाँले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताउनुभयो । शैक्षिक कार्यक्रम थप गर्नका लागि कलेजले नाम समेत परिवर्तन गरेको उहाँको भनाई छ ।

कलेजका भाईसप्रिन्सिपल वविता घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेशनल सिटी अस्पतालका सल्लाहकार महेन्द्रलाल प्रधान लगायतले बोल्नु भएको थियो । राधा ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल नन्दकिशोर भट्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा उत्कृष्ट अंक ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजले बिपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाई सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाईका लागि तयारी गरिरहेको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति
अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

ताजा समाचार

सबै

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

अपडेट: नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?

चितवनमा साउनयता चार गैँडा मरे

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech