Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

श्री कलेज अफ टेक्नोलोजीले मनायो १६ औं वार्षिकोत्सव

चितवन, माघ २८ –
श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । कलेज प्राङ्गढमा आईतबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुुलपति प्रा.डा.बिजुकुुमार थपलियाले कक्षा १२ पढेपछि विदेश जाने प्रचलनले नेपालका कलेजहरुमा विद्यार्थीको संख्या कम हुँदै गएको बताउनु भयो । उहाँले विद्यार्थीलाई कसरी नेपालमै राख्न सकिन्छ भनेर विश्वविद्यालय लागिपरेको बताउनुभयो ।

प्रा.डा.थपलियाले भन्नुभयो “विद्यार्थी आकर्षित गर्न नयाँनयाँ कार्यक्रम ल्याउँदैछौं ।” अहिलेको चुनौती नै विद्यार्थी संख्या बढाउनु रहेको भन्दै उहाँले नयाँ अवसर सिर्जना गर्ने शैक्षिक कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो “फ्याकेल्टी (संकाय) विकासमा पनि लागिरहेका छौं ।”

विद्यार्थी बिनाका कलेज कलेज हुन नसक्ने भन्दै उहाँले भन्नुभयो “समाजसँग जोड्ने र अवसर सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन हामी लागिरहेका छौं ।” नयाँ नयाँ चुनौतीहरुलाई पार गर्दै थप गुणस्तरीय शिक्षा दिन सके मात्रै विद्यार्थीलाई नेपालमा रोक्न सकिने उहाँको भनाई छ ।

श्री कलेज अफ टेक्नोलोजीले १६ वर्षको लामो यात्रा पार गरेको भन्दै उपकुलपति प्रा.डा.थपलियाले भन्नुभयो “लामो समयदेखि शिक्षामा राम्रो काम गर्दै आउनु भएको छ ।” यस कलेजका प्राध्यापक, कर्मचारी र व्यवस्थापनको ठूलो मिहिनेतले यहाँसम्म ल्याउन सकेको भन्दै उहाँले भन्नुभयो “यस कलेजले जर्नलमा अनुसन्धानपत्र प्रकाशन गर्न शुरु गरेर राम्रो कामको थालनी गरेको छ ।”

यस कलेजले समाज र राष्ट्रका लागि दिएको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादनमा योगदान दिएको चर्चा गर्नुभयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयको चिकित्सा शास्त्र संकायका डिन डा.शैलेशमणि पोखरेलले विश्वविद्यालयको आफ्नै जर्नल रहेको चर्चा गर्दै यस कलेजले अनुसन्धानपत्र प्रकाशित गर्ने महत्वपूर्ण कामको शुरुवात गरेकोमा प्रशंसा गर्नुभयो । अनुशासन के हो भन्ने कुरा यहाँका विद्यार्थीले देखाएको भन्दै उहाँले भन्नुभयो अनुशासन महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

यस कलेजका विद्यार्थीहरु विभिन्न खेलकुदमा सहभागी हुने गरेको भन्दै उहाँले खेलमा सहभागी हुनु पनि राम्रो भएको बताउनुभयो । डिन डा.पोखरेलले भन्नुभयो “खेलमा सहभागी हुनु महत्वपूर्ण कुरा हो, हार–जीत भन्ने कुरा महत्वपूर्ण होइन ।”

सो अवसरमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल यस कलेको सहयोगी बन्न सकेको बताउनुभयो । कक्षा १२ पछि अध्ययनका लागि विदेश जाने प्रचलनले जनशक्ति अभावमा अस्पताल चलाउन गाह्रो हुँदै गएको उहाँले बताउनुभयो । उहाँले नेपालमै बसेर अध्ययन गर्न आग्रह गर्दै स्वास्थ्यका जनशक्तिलाई भरतपुर अस्पतालमा रोजगार दिने समेत बताउनुभयो ।

नेशनल सिटी अस्पतालका मेडिकल डाइरेक्टर डा.निर्मल लामिछानेले इतिहास बोकेको यस कलेजसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नेशनल सिटी अस्पताल सुविधासम्पन्न रहेको भन्दै यहाँ अध्ययन गरेर अस्पतालमा प्रयोगात्मक गर्न जाने विद्यार्थीलाई अस्पतालका सुविधा अधिकतम उपभोग गर्न आग्रह गर्नुभयो । चितवन सहित देशैभरिका बिरामीलाई आफूहरुले सेवा दिंदै आएको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्र मानव सेवामा समर्पित भएर गर्नुपर्ने बताउनुभयो ।

कलेजका संस्थापक अध्यक्ष सरोज ढकालले बि.सं. २०६३ सालमा भाडाको घरबाट शुरु गरिएको कलेज आज आफ्नै सुविधासम्पन्न भवनमा रहेको बताउनुभयो । भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवन रहेको जानकारी दिंदै उहाँले आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिंदै आएको बताउनुभयो ।

हाल २९७ जना विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालय र सिटीईभिटीका कार्यक्रम अध्ययन गरिरहेको भन्दै उहाँले हालसम्म एक हजार २०५ जना विद्यार्थीले ग्राजुएसन गरिसेकेको बताउनुभयो । शैक्षिक कार्यक्रम थप गर्नका लागि कलेजले नाम समेत परिवर्तन गरेको उहाँको भनाई छ ।

कलेजका भाईसप्रिन्सिपल वविता घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेशनल सिटी अस्पतालका सल्लाहकार महेन्द्रलाल प्रधान लगायतले बोल्नु भएको थियो । राधा ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा कलेजका प्रिन्सिपल नन्दकिशोर भट्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा उत्कृष्ट अंक ल्याउने र विभिन्न खेलकुदमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजले बिपिएच, बि फर्मेसी, बिएस्सी नर्सिङ, बिएन लगायतका विषय पढाई सञ्चालन गर्दै आएको छ भने कानुन विषयको पढाईका लागि तयारी गरिरहेको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी
ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

ताजा समाचार

सबै

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.