चितवन, माघ २७-
वान हेल्थ नेपालको आयोजना एवम् रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउन, रोटर्याक्ट क्लब अफ चितवन र एग्रिकल्चर स्टुडेन्ट लायजन फोरमको सहकार्यमा भरतपुर–२०, दोद्रेनीमा स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा १५० बढी किसान परिवार लाभान्वित भएका थिए । शिविरमा गर्भ परीक्षण, फिकल तथा मास्टाइटिस परीक्षण, विभिन्न रोगको निदान तथा उपचारसेवा प्रदान गरिनुका साथै किसानहरुलाई चेतनामूलक परामर्श प्रदान गरिएको थियो ।
शिविरमा ५३ पशुलाई पिपिआरविरुद्धको खोप, २३ कुुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन, मानव स्वास्थ्यतर्फ एक सयभन्दा बढीलाई उच्च रक्तचाप परीक्षण, मधुमेह परीक्षण र सामान्य स्वास्थ्य परामर्श सेवा दिइएको थियो ।
यस्तै, वातावरणीय स्वास्थ्यतर्फ २५ बढी माटोको नमुना परीक्ष्ण गरिएको थियो । भरतपुर–२० का वडाध्यक्ष मुक्तिप्रसाद घलेको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा प्राडा रामप्रसाद पौडेल, सहप्राडा अनिलकुमार तिवारी, सहायक प्राडा शत्रुध्न शाह र डा. सुशील रायले स्वास्थ्यसेवा प्रदान गरेका थिए ।
कार्यक्रमका लागि कृषि तथा वन विश्वविद्यालयको डोरेक्स, क्युमेड, कान्तिपुर भेट डिस्टिव्युटर्स, नेपाल वेलहोप, बिग बी भेट, हिमालय, सिटिजन्स फर्मास्युटिकल्स, मेडिभेटलगायतका संस्थाले सहयोग गरेका थिए ।