Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ९. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • १०. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

नेपालमा नै पहिलो पटक राष्ट्रिय डेरी एक्स्पो चितवनमा हुँदै

चितवन,माघ १७ –
आधुनिक प्रविधि, सिप र नवीनतालाई प्रोत्साहन गर्दै डेरी उत्पादनमा गुणस्तर वृद्धि गर्ने, डेरी उद्यमीको सशक्तिकरणको लागि सघाउ पु¥याउने र डेरी उद्योगको प्रवद्र्धनका लागि एउटै छानामुनी आधुनिक मेशिन तथा यन्त्र उपकरण उपलब्ध हुने अवसर प्रदान गरी डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग गर्ने उद्देश्यका साथ चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा २०८१ माघ २५, २६ र २७ गते, चितवन प्रदर्शनी केन्द्रमा प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ हुने भएको छ ।

डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नु, किसान, उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यावसायिक सञ्जालको अवसर सिर्जना गर्नु, उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्व, फाइदा, तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्नु, डेरीजन्य उद्योगका नयाँ उत्पादनहरु लन्च र ब्रान्डिङ गर्ने अवसर प्रदान गर्नु, डेरी उद्योगको उत्पादकत्व र कार्यदक्षताको वृद्धि गर्नु, साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन, तालिम तथा अनुदानको बारेमा जानकारी दिनु, डेरी उद्योगलाई दिगो र आर्थिक रूपमा फाइदाजनक बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नु, दुग्ध उत्पादक सहकारीहरुलाई औद्योगिक उत्पादनमा लाग्न प्रेरित गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्था चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।

प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरणहरु, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरीजन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरणहरु, पशुपालन आहार सम्बन्धिका स्टलहरु, पशु औषधी तथा भेटनरी सेवा सम्बन्धिका स्टलहरु, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टलहरु, आधुनिक सेड निर्माण कम्पनीहरु, बैंक तथा विमा कम्पनीहरु, स्टार्टअप प्याभिलियन लगायतका करीब एकसय वटा स्टलहरु रहने आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

प्रदर्शनी अन्तर्गत डेरीजन्य उत्पादन, मेशिनरी तथा प्रविधिको प्रदर्शनी, कार्यशाला र तालिम सञ्चालन, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिका अनुभव र सफलताका कथाहरु, डेरीजन्य नयाँ प्रोडक्ट लन्चका कार्यक्रमहरु रहनेछन् । साथै, प्रदर्शनी अवधिमा डेरी क्षेत्रका जल्दाबल्दा समस्या, नीतिगत सुधार गर्नुपर्ने विषय, डेरी उद्यमशिलताको सम्भावना, अवसर र चुनौती विषयमा केन्द्रीत रहेर विज्ञहरुको उपस्थितिमा प्यानल छलफल, अन्तर जिल्ला दुग्ध उत्पादक सहकारीहरुका बीच डेरी सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता, सामाजिक सुरक्षा कोष सम्बन्धि अधिमुखीकरण लगायतका कार्यक्रमहरु आयोजना गर्न लागिएको आयोजक संस्था चितवन उद्योग संघले जनाएको छ ।

प्रदर्शनीमा आउने प्रदर्शकहरुलाई नयाँ उत्पादनहरू र सेवाहरूको प्रत्यक्ष प्रदर्शनीको अवसर, बजार अनुसन्धानको अवसर, व्यवसायिक सम्झौता तथा व्यापार विस्तारको सम्भावना, बजारमा आफ्नो ब्रान्ड स्थापित गर्ने अवसर, उपभोक्ताको प्रत्यक्ष प्रतिक्रिया, मिडिया र सामाजिक संजालमा प्रचार, उत्पादनको भिजुअल मार्केटिङ, कार्यशाला, छलफल तथा अन्तरक्रियाहरूमा सहभागी हुने अवसर, अन्य प्रदर्शकहरूबाट प्रेरणा, बिक्री तथा अर्डर बुकिङको अवसर, ग्राहक सन्तुष्टि परीक्षण गर्ने अवसर, नयाँ प्रविधि र इनोभेसन सम्बन्धी जानकारी, स्थानीय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, दुग्ध उत्पादन सम्बन्धी नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष सम्पर्क लगायतका उपलब्धी मिल्नेछ । साथै, डेरीजन्य उत्पादकनको अन्तर्राष्ट्रिय स्तरको गुणस्तरका लागि उद्यमीहरुलाई प्रेरणा मिल्ने र केही हदसम्म भने पनि निर्यात प्रबद्र्धनमा सहयोग हुने विश्वास लिइएको आयोजक संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

करीब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ वास्तविक डेरीजन्य उत्पादन उद्योगीहरू, उद्योगी बन्न इच्छुक व्यक्तिहरू, औद्योगिक नीति निर्माताहरू, नीति नियम कार्यान्वयन तहका सरकारी कर्मचारीहरू, डेरीजन्य औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने तथा खोज अनुसन्धानकर्ता, नेपालका डेरी उद्योगका सञ्चालक, लगानीकर्ता तथा उच्च व्यवस्थापकहरू, डेरी उद्यमीका व्यवसायिक परामर्शदाताहरू, तीनै तहका सरकारका प्रतिनिधिहरू (संघीय, प्रादेशिक, स्थानीय), प्रतिष्ठित लघु, घरेलु तथा साना उद्योगीहरू, कृषि विश्वविद्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, उद्यमीका छाता संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, दुग्धजन्य उत्पादनमा प्रत्यक्ष संलग्न व्यवसायिक किसानहरू, स्वदेशी उत्पादनका लागि प्रोत्साहन गर्ने व्यक्ति तथा समूहहरू, दुग्ध उत्पादक किसानहरू, दुग्ध उद्योग र कारखाना सञ्चालकहरू, दुग्ध उत्पादन सम्बन्धी मेशिनरी र उपकरण निर्माताहरू, खाद्य उद्योगका व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी र दुग्ध उद्योगका विज्ञहरू, बैंक तथा बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहने विश्वास लिइएको छ ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि स्थानिय पालिकाहरु, जिल्ला तथा केन्द्रिय दुग्घ उत्पादक सहकारी संघहरु, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन, प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरु, नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, स्थानिय प्रदेश तथा संघिय सरकारका नीति निर्माताहरु, प्रदेश दुग्ध विकास बोर्ड, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, Nepal Dairy Science Association (NDSA), Nepal Agriculture Science Association (NASA), डेरीजन्य उद्योगका लागि आवश्यक मेशिन तथा उपकरणहरु उत्पादक तथा वितरक कम्पनीहरु, दुग्ध जन्य उत्पादनसँग सम्बन्धित उद्यमी तथा व्यवसायिक किसानहरु, नेपाल भेटेरिनरी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, सहकारी विभाग, पशु सेवा विभाग लगायतका संघ–संस्थाहरुसँग समन्वय र सहकार्य भई अगाडि बढिरहेको आयोजकको दावी छ ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ
सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन
मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

ताजा समाचार

सबै

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने

मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २०% छुट

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए सांसद पदबाट राजीनामा

रुम–ताराखोला सडक स्तरोन्नति सुरु

सुनचाँदीको भाउमा निरन्तर वृद्धि , सुनको भाउ तोलामा २ लाख ८२ हजार रुपैयाँ पुग्यो

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.