चितवन, माघ १६-
मारवाडी सेवाकेन्द्र नारायणगढको अध्यक्षमा पंकज अग्रवाल सर्वसम्मत चयन भएका छन् ।
सोमबार सम्पन्न भएको १४ औं साधारण सभा तथा अधिवेशनबाट उपाध्यक्षमा मनोज अग्रवाल र विकास वर्मा, महासचिव निरज अग्रवाल, सचिव सुशिल अग्रवाल, कोषाध्यक्षमा राकेश हरलालका र सदस्यहरुमा अशोक अग्रवाल, डा.आदित्य जलान, दिपक डालमिया, प्रदिप अग्रवाल चयन भएका छन् ।
अधिवेशनमा नवनिर्वाचित सदस्यहरुलाई निर्वाचन समिति संयोजक रामशरण सिलवाले प्रमाणपत्र वितरण गरेका थिए ।
उद्योगपति एवम् सामाजिक व्यक्तित्व पवन कुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एवम् सेवाकेन्द्रका पूर्व अध्यक्ष उमाशंकर अग्रवाल र पूर्व अध्यक्ष प्रमोद चाचानले शुभकामना दिएका थिए ।