चितवन, माघ १६ –
भरतपुर महानगरपालिका–१६ विजयनगर चोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलवार बेलुका ६ः२० बजेको समयमा नयाँबस्तीबाट विजयनगरतर्फ जाँदै गरेको ना ५७ प १९४१ नम्बरको स्कुटरले पैदलयात्री विजयनगर बस्ने ८१ वर्षीय नन्दकला पौडेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्कुटरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पौडेलको टाउकोमा रगत जमेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गएराति १२ः४९ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।
स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष ३९ को टंक प्रसाद सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।