भरतपुर, माघ १५ –
भ्रष्टाचारविरुद्ध सहयोगी समूह भरतपुर २६ ले भ्रष्टाचारविरुद्ध सचेतना कार्यक्रम गरेको छ । कार्यक्रमको संयोजकमा दूधनारायण सापकोटा रहेका थिए ।
भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठ र उपाध्यक्ष डा ईश्वरीराज लौडारी रहेका जिल्ला सचिव निलकण्ठ ढुंगानाले बताए ।
कार्यक्रमको प्रशिक्षकमा कोष तथा लेखा नियन्त्रण कार्यलयका ऋषिराम अधिकारी, जिल्ला सहसचिव सर्मिला पण्डितल रहेका थिए ।