काठमाडाैं, माघ १४ –
अफ्रिकी देश नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । दु्घटनामा १० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।
ट्रकको ब्रेक फेल भएको र चालकले नियन्त्रण गुमाएको समाचारमा उल्लेख छ । जसका कारण एक्सप्रेसवेमा ट्रकले करिब १७ सवारी साधनलाई ठक्कर दिएको थियो ।
दक्षिण-पूर्वी राज्य एनुगुको एनुगु-ओनित्शा एक्सप्रेसवेमा दुर्घटना भएको हो ।
ओगुङबेमिडेका अनुसार पेट्रोल बोकेको ट्याङ्करले नियन्त्रण गुमाउँदा १७ वटा सवारी साधनमा ठोक्किएर आगलागी भएको हो ।
नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देश हो र अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । यहाँ सामान ढुवानीका लागि दक्ष रेल प्रणाली छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार