चितवन, माघ १३ –
सहयोग गरौँ मानवताको पहिचान राखौं भन्ने भनाइलाई आत्मसाथ गर्दै माडी जेसिजले विगत पाँच वर्ष देखि हिडडुल गर्न नसक्ने गरि अशक्त हुनुभएका माडी ७ स्याउलिबास निवासी ६८ वर्षका बुवा लाल बहादुर तामाङ लाई एक थान हुइल चियर प्रदान गरेको छ ।
माडी जेसिजका पुर्व सदस्य हाल भरतपुर ११ पोखरी चोक बस्दै आउनुभएको उमकान्त पौडेलले आफ्नो सुपुत्र कैलाश पौडेलको बर्तबन्ध गर्दाको खर्च कटाएर आर्थिक अवस्था कमजोरका कारण स्वास्थ्यमा ख्याल गर्न नसक्ने केही परिवारलाई सहयोग गर्ने उदेश्य लिनुभएको पौडेलले माडी जेसिज संग सहकार्य गरि १ थान हुइल चियर प्रदान गर्नु भएको छ ।
कार्यक्रममा माडी जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी इश्वर रानाभाट , गोबिन्द ढकाल, प्रकाश रिजाल , हरि लम्साल , उत्तम अधिकारी र माडी जेसिजका मानर्थ सदस्य भागिरथ बस्यालज्यु को पनि उपस्थिति रहेको थियो ।