चितवन, माघ १२-
रत्ननगरबाट तीनदिन देखि बेपता भएका लौरीघोलका शान्तमणि अधिकारी मृत भेटिएका छन् ।
रत्ननगर नगरपालिका-१४ स्थित लौरीघोल देवीटोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क बिहीन भएका थिए ।
प्रहरी टोलीले उनलाई आज शनिबार अपरान्ह पूर्वपश्चिम राजमार्गको टिकौली जंगल भित्र मृत फेला पारेको हाे ।