चितवन, माघ १२
चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको ब्राण्ड निल डेभिड्स चितवन शाखाको शुभरम्भ भएको छ । भरतपुर ओरालो विरेन्द्र क्याम्पस अगाडि रहेको निल डेभिड्स सैलुन एण्ड ट्रेनिङ सेन्टरको आज (शनिबार) औपचारिक उद्घाटन गरिएको हो ।
सैलुनको निल आँफैले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै उनले सबैको माया र साथले सैलुन यहाँसम्म आएको बताए । उनले चितवनबासीबाट पनि माया र साथको अपेक्षा रहेको बताए । यस्तै उनले नेपालका थप अन्य शहरमा आउट लेट स्थापना गरिने बताए । सानो आकारमा सुरु सैलुनले सबैको मन जितेको उनको भनाइ थियो ।
निल डेभिड्स चितवनकी सञ्चालक माया चौधरीले सैलुन केही समय अघिदेखि सञ्चालनमा आए पनि औपचारिक रुपमा भने आज उद्घाटन गरिएको बताईन् । औपचारिक शुभरम्भको अवसरमा सबै सेवामा २५ प्रतिशत छुट दिईएको उनले जानकारी दिईन् ।
सैलुनमा कपाल काट्ने, सजाउने, स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा उपलब्ध हुनेछ । यस सँगै तालिम पनि दिईने उनले जानकारी दिईन् । सैलुनमा ६ जना कर्मचारी कार्यरत रहेको चौधरीले बताईन् । निल डेभिड्सको नेपाल र भारतमा गरी ८० भन्दा बढी आउट लेट रहेका छ्न् ।