काठमाडाैं, माघ १० –
लस एन्जलसमा फेरि डढेलो लागेको छ। हजारौं मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ। अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ माइल टाढा छ।
यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो। यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्।
आगोको ज्वालाले ८ हजार एकडभन्दा बढी क्षेत्रफललाई ध्वस्त पारेको छ। यो आगो बढाउनमा तीव्र हावा र सुख्खा झाडीहरूले इन्धनको काम गरिरहेका छन्।
यस आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएका छन्।
अमेरिकाको क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले अझै पनि जंगलमा लागेको आगो निभाउने प्रयास गरिरहेका छन्। आगलागी भएको एक हप्ताभन्दा बढी भइसक्यो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार