चितवन, माघ ३ –
भरतपुर महानगरपालिका–४ अध्यचोकमा बलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधवार दिउँसो २ः२० बजेको समयमा विशालचोकबाट धर्मचोकतर्फ जाँदै गरेको ना ५ च ९४८ नम्बरको बलेरो र आनन्दचोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना ४९ प २९३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गोर्खा लखन गाउँपालिका–३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार दिउँसो ३ः२१ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बलेरो र बलेरो चालक भरतपुर–२६ दिव्यनगर बस्ने वर्ष ३४ को गणेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।