Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

चाकु र तरुल मानव शरीरका लागि लाभदायक 

काठमाडौँ, २८ पुसः 
जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ ।

पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ । पोषणविद् डा मनषा थापा ठकुराठीले भन्नुभयो, “विभिन्न मसालाजस्तै अदुवा, लसुन, बेसार, मरिच, जुवानोले शरीर तातो राख्न मद्दत गर्छन् । पोषणविज्ञानले चिसो र तातो खाना छुट्याएको छ । कुन खाना खाँदा तातो प्रभाव दिन्छ, सोही खानेकुरा सेवन गर्नुपर्छ ।”

उहाँले जाडोमा कोदो तथा फापरको रोटी, गहतको दाल, जुवानोको झोल, चमसुरको साग, सौँफको सागलगायत परिकारले शरीर न्यानो राख्न सहयोग गर्ने बताउनुभयो । “जुन खानेकुरा खाँदा शरीरलाई गर्मी गर्छ त्यस्तो खानेकुरा खानुपर्छ । बच्चाहरूलाई तातो दूध दिन सकिन्छ । बच्चा र बुढाबूढीलाई खीर पनि खान दिन सकिन्छ । यसले पनि शरीरलाई ताप दिन्छ”, पोषणविद् डा ठकुराठीले भन्नुभयो भन्नुभयो ।

बजारमा पाइने विभिन्न तयारी अवस्थाका सुपका प्याकेटभन्दा घरमा ताजा तरकारीको सुप बनाएर खाँदा शरीरलाई फाइदा पुग्ने पोषणविद् विनिता पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “मांसाहारीले मासुको सुप खान सक्नुहुन्छ । हरियो तरकारी तथा गेडागुडीको सुपहरू बनाएर खाँदा शरीर तातो राख्छ । बजारमा पाइने तयारी सुपहरू नखानु उपयुक्त हुन्छ । दाल तथा गेडागुडीका सुप पनि शरीरका लागि फाइदाजनक छन् । हरियो सागसब्जी, फलफूल पनि खानुपर्छ ।”

पन्तका अनुसार जाडोमा पानी कम खाइने हुनाले अरु झोलिलो खानेकुराबाट पानीको मात्रा पूर्ति गर्नुपर्छ । “मनतातो पानी खाने बानी गर्नुपर्छ । कोदोको सुप एकदम पौष्टिक हुन्छ । सकेसम्म दैनिक एकछाक कोदो खाँदा उपयुक्त हुन्छ । यसमा क्याल्सियम र पोटासियमको मात्रा बढी हुन्छ । लसुन, अदुवा, बेसारले एन्टिबायोटिकका रूपमा काम गर्दछ । यसलाई खानेकुरामा प्रयोग गर्न सकिन्छ ।”

माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर, तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्न पोषणविद् ठकुराठीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाकुलाई जाडोमा खाने भनेर प्रकृति र मौसमले दिएको खाद्ययवस्तु हो । यसले शरीरलाई ताप दिन्छ । परम्परागत रूपमा पनि यसको महत्व छ । नेवार समुदायमा सुत्केरी महिलालाई तातो गराउन भातमा चाकु र घिउ राखेर खान दिने गरिन्छ ।”

पोषणविद् पन्तले पनि तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पु¥याउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “तरुल कार्बाेहाइड्रेटको स्रोत हो । यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोग लाग्नबाट बचाउँछ । चाकुमा आइरन प्रशस्त पाइन्छ, यसमा क्यालोरी पनि हुने भएकाले शरीरलाई सुरक्षा प्रदान गर्छ ।”

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, दीर्घरोगीलाई चिसो लाग्ने सम्भावना बढी हुने भएकाले तातो खानेकुरामा बढी जोड दिनुपर्ने पोषणविद् डा ठकुराठीको भनाइ छ । उहाँले भन्नुभयो, “दैनिक रूपमा खाइने खाद्यवस्तु र झोलिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा खानु हुँदैन । कमजोर तथा छातीमा चिसो लाग्ने बिरामीहरूले त्यस्ता खानेकुरा खानै हुँदैन । यसले घाँटीको एलर्जी हुने खसखसाउने समस्या निम्त्याउँछ । दही खाँदा दिउँसो मात्र खाने गर्नुपर्छ । बिहान वा बेलुका बढी चिसो समयमा खाँदा पाचन प्रक्रियामा गइसकेपछि त्यसले असर गरी पाचन प्रक्रियामा गडबडी हुन सक्छ ।”

खानेकुराले नभई व्यक्तिपिच्छे शरीरको प्रक्रिया फरक हुने भएकाले आफूलाई कस्ता खाना खाँदा सुहाउँदो हुन्छ त्यो विचार गरेर खानुपर्ने पोषणविद् डा ठकुराठीले बताउनुभयो । सही खानेकुराको सेवन नगर्दा पेट फुल्ने, ग्यास भरिने, पाचन प्रक्रिया सहज नहुने खालका समस्या जाडोमा बढी देखिने उहाँले उल्लेख गर्नुभयो ।

पोषणविन्द् पन्तले आफूले कति शारीरिक क्रियाकलाप गरिन्छ सोहीअनुसार खानेकुराको सेवन गर्नुपर्ने बताउनुभयो । “खाने भन्दैमा कुनै पनि खानेकुरा बढी खानुहुँदैन । तिल, आलस, काजु, बदाम, ओखर खानु सन्तुलित रूपमा खानुपर्छ । यी खानेकुराहरूमा क्योलोरी तथा मिनिरिल्सको मात्रा बढी हुने भएकाले दैनिक रूपमा खानु शरीरका लागि उपयुक्त मानिन्छ ।”

Chitwan Aaja चितवन आज
आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech