काठमाडाैं, पुस २७ –
अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
बोइङबाहेक गुगल र माइक्रोसफ्टले पनि १० लाख डलर रकम दान गरेको बीबीसीले जनाएको छ ।
ट्रम्पको सपथ ग्रहण समारोहमा चन्दा दिनेहरूमध्ये धेरै अमेरिकी कम्पनीहरू छन् ।
तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन् ।
डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको सपथ लिँदै छन् । यो उनको दोस्रो कार्यकाल हो ।
कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि उद्घाटन समारोहमा एक-एक मिलियन डलर सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार