माधव सापकोटा
चितवन, पौष २६ –
भरतपुर- ४, लंकु, चितवनस्थित हरिकीर्तन धार्मिक संस्था / लक्ष्मीवेङ्कटेश मन्दिरमा फागुन १ देखि ९ गतेसम्म अक्षयकोष अभिवृद्धि गर्ने उद्देश्यका साथ श्रीमद्भागवत महायज्ञ २०८१ हुने भएको छ।
परम तपस्वी वीतराग सन्त नारायणाचार्य( टीकाराम गुरु)को प्रधान आचार्यत्व तथा डा. चक्रपाणि आचार्यको प्रधान वाचकत्वमा सम्पन्न हुने महायज्ञमा लक्ष्मीवैकुण्ठनाथ मन्दिर , लंकुका पीठाधीश स्वामी जगन्नाथाचार्य, मुक्तिनाथ पीठाधीश कमलनयनाचार्य लगायतका देश- विदेशका प्रमुख सन्त- महात्मा, धर्माचार्यहरूको उपस्थिति रहने महायज्ञका संकल्पकर्ता मन्दिरका अध्यक्ष / संस्थापक अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेलले जानकारी दिनुभयो।