काठमाडाैं, पुस २६ –
भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाबाट घुसखोरीको नयाँ घटना बाहिर आएको छ। जहाँ आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक पुरुषले घुस दिन अस्वीकार गरेपछि बदला लिन गाउँ पञ्चायत सचिवले उनकै मृत्यु प्रमाणपत्र बनाइदिएका हुन् ।
पीडितले डीएमलाई गुनासो गरेपछि सचिवलाई निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आज तकको समाचारअनुसार यो सम्पूर्ण मामला हरदोई जिल्लाको कोठावन विकास खण्डको अटवा गाउँको हो । यहाँका विश्वनाथकी श्रीमती शान्ति देवीको १९ डिसेम्बर २०२४ मा मृत्यु भएको थियो । त्यसपछि विश्वनाथ आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गाउँ पञ्चायत सचिव सरिता देवीकहाँ गएका थिए ।
विश्वनाथका अनुसार सुरुमा सरिता देवी मृत्यु प्रमाणपत्र बनाउन हिचकिचाइन् । त्यसपछि उनले मृत्यु प्रमाणपत्र जारी गर्न दुई हजार रुपैयाँ माग गरिन् ।
जानकारीअनुसार जब विश्वनाथले सचिवलाई घुस दिन अस्वीकार गरे। उनले विश्वनाथलाई धेरै दौडाए। अन्तमा प्रमाणपत्र बनाउँदा श्रीमती शान्ति देवीको होइन बरू बनाइदिएको समाचारमा उल्लेख छ ।
सरिता देवीले विश्वनाथ ‘विश्वनाथको’ मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिन् । विश्वनाथले घटनास्थलमा प्रमाणपत्र राम्रोसँग देख्न नसकेको बताए । तर, जब उनी घर गए र प्रमाणपत्र देखे उनी छक्क परे ।