चितवन, पुष २५ –
१५ औं संस्करणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो ।
आज महोत्सवको उद्घाटन अघि बिहान ७ बजेबाट शोभा यात्रा निकालिएको थियो ।
शोभा यात्रामा विभिन्न जातजातीहरु आआफ्ना भेषभुषामा सजिएका थिए ।
विभिन्न सामाजिक संघ संस्था, जाती निकट संघसंस्था, विद्यालय, सुरक्षा निकायसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो । घोडा, हात्ती, बाजा गाजासहित निकालिएको शोभा यात्रा करिब २ किलोमिटरसम्म लामो बनेको थियो । नारायणगढको मेनरोड, मिलन रोड र बजारमा र्याली निकालिएको थियो । हेरौं तस्विर :
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार