भरतपुर, २३ पुसः
नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा विष्णुबहादुर भुजेल निर्वाचित भएका छन् ।
मंगलबार भएको वडा अघिवेशनले भुजेलको नेतृत्वमा पदाधिकारी टुंगिएको हो। हरिश्चन्द्र दाहाल र जिवन कंडेलले समेत अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
कार्यसमितिका २५ जना सदस्य नै मतदाता रहेको अघिवेशनमा भुजेलले १४ मत प्राप्त गरि विजयी भएका निर्वाचन संयोजक ऋषिराम चापागाईंले बताएका छन् ।
सचिवमा अनिल भट्टराई, सहसचिवमा बालकृष्ण गौतम र कोषाध्यक्षमा हरिभक्त पौडेल निर्विरोध निर्वाचित भए ।
निर्वाचित वडाध्यक्ष विष्णु बहादुर भुजेल भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।भुजेलसँग शैक्षिक गणतान्त्रिक मंच र ईस्टु चितवनको नेतृत्व लिएको अनुभव छ ।भुजेलले स्नातकोत्तर तह सम्म अध्ययन गरेका छन् ।
भरतपुर १४ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल, भरतपुरकी मेयर रेनु दाहाल समेतको गृह वडा हो ।