Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

स्वस्थ रहन दिनमा ५,००० भन्दा कम पाइला नै काफी

काठमाण्डौं, पुस २२ –
स्वस्थ र तन्दुरूस्त रहन दैनिक १० हजार पाइला हिँड्नु चमत्कार जस्तै हुने लामो समयदेखि भनिँदै आएको छ। तर एउटा नयाँ अध्ययनले दैनिक पाँच हजार पाइलाभन्दा कमै हिँड्नु पनि पर्याप्त हुने देखाएको छ।

विश्वभरिका २ लाख २६ हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनको विश्लेषणले कुनै पनि कारण उमेर नपुगी हुने मृत्युको खतरा कम गर्न दैनिक ४ हजार पाइला नै पर्याप्त हुने देखाएको हो।

मुटु र रक्त धमनीलाई फाइदा पुगोस् भन्नका लागि २ हजार ३०० पाइला नै काफी छ। हुन त जति धेरै हिँड्यो त्यति बढी स्वास्थ्यलाई फाइदा हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

४,००० भन्दा बढी पाइलाहरू हिँडेर २०,००० पाइलासम्म पुर्‍याउँदा थपिएको प्रत्येक एक हजार पाइलाले समय नहुँदै हुने मृत्युको खतरा १५ प्रतिशतसम्मले घटाउने विश्लेषण गरिएको छ।

पोल्यान्डस्थित मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिँड्नुको फाइदा विश्वको जहाँसुकै बस्ने सबै उमेर, समूह र लिङ्गमा लागु हुने जनाएको छ। यद्यपि ६० वर्ष उमेरभन्दा कमका मानिसलाई यसबाट धेरै फाइदा हुन्छ।

लोड्ज विश्वविद्यालयका प्राध्यापक माच्चेइ बनाखले उपचारका लागि विकसित औषधिहरू बढ्दै गए पनि त्यसले मात्रै पर्याप्त नहुने वा सम्पूर्ण उत्तर नहुने बताए। “हामीले जीवनशैली परिवर्तन गर्ने कुरामा जोड दिनुपर्छ भन्ने म ठान्छु। त्यसमा आहार र अभ्यास पनि पर्छ र त्यो नै हाम्रो अध्ययनको मुख्य विषय थियो, जसले मुटुरोगको खतरा कम गर्न र दीर्घजीवनका लागि प्रभावकारी काम गर्छ,” उनले भने।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार शारीरिक अभ्यास पर्याप्त रूपमा नगर्दा त्यसले प्रत्येक वर्ष ३२ लाख मानिसहरूको ज्यान जान्छ – जुन विश्वभरि मृत्यु हुने चौथो कारण हो। शारीरिक तन्दुरुस्तीसम्बन्धी विश्वव्यापी कम्पनी ब्यारीजकी व्यक्तिगत प्रशिक्षक हनी फाइनले समस्याहरू लामो समय एकै ठाउँमा बसिरहनेमा धेरै भएको बताएकी छन्।

“यसले तपाईँको मेटाबोलिज्मलाई सुस्त गराउँछ र मांसपेशीको वृद्धि र बललाई असर गर्छ जसका कारण दुखाइ र पीडा हुन सक्छ,” उनले  भनिन्। “लामो समय बसिरहँदा त्यसले सबै खालका ढाडको समस्या पनि गराउँछ र हामीले धेरैजसो यस्तो समस्या कार्यालयमा काम गर्नेहरूमा देखेका छौँ। निरन्तर बसिरहँदा उनीहरूमा जीवनको उत्तरार्द्धमा थुप्रै समस्याहरू देखिने गर्छ।”

उनले निट पनि भनिने गैरअभ्यास गतिविधि थर्मोजेनेसिसलाई महत्त्व दिँदै व्याख्या गरेकी छन्। निट भन्नाले साधारण शब्दमा त्यस्ता कामहरू हुन् जसले हाम्रो क्यालोरी घटाउँछन् र हाम्रो ऊर्जा खपत गर्छन्।

“उभिनु, किनमेलका सामान बोक्नु, भुईँ सफा गर्नु, भ्याक्युम लगाउनु, फोनमा कुरा गर्दै हिँड्नु – यस्ता साना साना कुराले नै हामीलाई सक्रिय बनाउँछ र त्यसले हाम्रो क्यालोरी घटाउँछ,” उनले भनिन्।

स्वस्थ रहने सामान्य तरिकाहरू

फाइनका अनुसार दैनिक नियमित रूपमा हिँड्ने कुरा अत्यास लाग्दो लाग्न सक्छ तर स्वास्थ्यका लागि त्यो जति राम्रो अरू हुँदैन। “हिँड्दा त्यसले रक्तचाप कम गराउँछ, हड्डी जोगाउनका लागि मांसपेशीलाई बलियो बनाउँछ, ऊर्जा पनि बढाउँछ र इन्डरफिनहरू पनि बन्छ जसले गर्दा स्वस्थ खानासँगै वजन बढ्न नदिन पनि मद्दत गर्छ,” उनले भनिन्।

अन्य फाइदाहरूमा त्यसले मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ र मोबाइल वा कम्प्युटरमा स्क्रीन हेर्ने समय वा अन्य कुरामा तपाईँलाई बिथोल्दैन। हिँड्नु “लगभग सबैका लागि” उपयुक्त हुन्छ किनभने र जोर्नी र मांसपेशीका लागि यो सहज हुन्छ, उनले भनिन्।

हिँड्नका लागि उत्तम उपायहरू

–बस स्टेसनसम्म बस वा कारमा जानुभन्दा हिँडेर जानुपर्छ ।

–मेचमा बसेर काम गर्नुहुन्छ भने, प्रत्येक घण्टा उठेर केहीबेर हिँड्नका लागि आफैँलाई सम्झाउनुहोस् ।

–यदि गर्भवती हुनुहुन्छ भने हिँड्नु सबैभन्दा राम्रो अभ्यास हो ।

–दैनिक पडकास्ट सुन्दै ३० मिनेट हिँड्नुहोस् ।

–पार्क वा जङ्गलमा साथीसँग हिँड्नुहोस् वा कुकुर छ भने तिनीहरूलाई लिएर हिँड्नुहोस् ।

–थोरैबाट हिँड्न सुरु गर्नुहोस् – बस स्टेसनबाट कार्यालयसम्म जानका लागि १० मिनेट, त्यसपछि पार्कसम्म जाँदा २० मिनेट र वरपर अर्को एकछिन हिँड्दा नै ३० मिनेट हुन्छ । बीबीसी नेपालीबाट

Chitwan Aaja चितवन आज
सोमबार, पुष २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech