रत्ननगर,पुस २१-
पुर्वी चितवनको रत्ननगर-१५ पिठुवास्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिवार सम्पन्न सातौँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ।
संस्थाले चालू आर्थिक वर्ष २०८०-८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।
वि.सं २०६७ सालमा स्थापना भएको सो संस्थामा हाल ४६७३ उपभोक्ता रहेका छन् । रत्ननगरको वडा नं. १४, १५ र १६ मा विच्छ्याइएको १०९ किमी लामो पाईप संजालबाट संस्थागत धारा ११, विपन्न वर्ग धारा २६३ र निजी धारा ४३९९ जडान गरिएको छ।
त्यस्तै,सम्मानित हुनेहरुमा जग्गादाता कालिका ७ निवासी शेरकुमारी थापा र रत्ननगर १४ मा रहेको एसवाई प्यानल कम्पनी समेत रहेका छन् ।
रनपा-१६ स्थित एसवाई प्यानलले खानेपानीको मुख्यकार्यालय परिसरमा दुई लाख ३३ हजारको लगानीमा अपरेटर आवास गृह निर्माण गरिदिएको छ ।