चितवन, पुस २०-
नेवाः देय् दबू भरतपुर महानगर समितिको अध्यक्षमा जुद्धप्रसाद श्रेष्ठ चयन भएका छन् ।
शनिवार सम्पन्न नेवाः देय् दबू भरतपुर महानगर समितिको तेस्रो अधिवेशनले जुद्धप्रसाद श्रेष्ठको अध्यक्षतामा २५ सदस्य कमिटि गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मधुपर्क श्रेष्ठ, उपाध्यक्ष सूर्यकुमार श्रेष्ठ, महिला उपाध्यक्ष पविना राजभण्डारी, सचिव रामबाबु श्रेष्ठ, महिला सचिव शवि श्रेष्ठ र कोषाध्यक्षमा विपन श्रेष्ठ चयन भएका छन् ।