चितवन, पुस १६-
पूर्वीचितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
गैँडाको आक्रमणबाट घाइते रत्ननगर नगरपालिका-१६ की ७० वर्षीया कृष्णाकुमारी थापाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही वडाका ७८ वर्षीय डम्बरबहादुर थापा, वडा नम्बर १२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, सोही वडाका ३९ वर्षीया सीता पोखरेल, वडा नम्बर १४ का ६० वर्षीया मिना गुरुङ, सोही वडाका २५ वर्षीय पुजन विक रहेका छन् । उनीहरूको चितवन मेडिकल कलेज र भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ।
सोही गैँडाले मंगलबार बिहान खैरहनी नगरपालिकामा पनि दुई जनामाथि आक्रमण गरेको थियो ।