चितवन, पुस १६ –
चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् ।
सोमवार बेलुका ७ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र पछाडि सवार सोहि ठाउँ बस्ने ३२ वर्षीय राजकुमार घलान घाइते भएका हुन् । दुवै जनाको चितवन मेडिलक कलेज भरतपुरमा उपचार भइरहेको छ ।