चितवन, पुष ५ –
सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा एमाले पार्टी कार्यालय चितवनका प्रमुख सहयोगी एवम् एमाले संगठित सदस्य रामचन्द्र बर्ताैलाको मृत्यु भएको छ ।
बर्ताैलाको आज दिउँसो न्युरो अस्पताल बासबारीमा मृत्यु भएको एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
चार दिन अगाडि रिजाल चोक नजिक सवारी दुर्घटनामा परी बर्ताैला गम्भीर घाइते भएका थिए । बर्ताैलालाई चितवन मेडिकल कलेज (सिएमसी) बाट थप उपचारका लागि काठमाण्डौँ लागिएको थियो ।
बर्ताैलाको शव भोलि बिहान १० बजे पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर देवघाट लैजाने तयारी एमाले चितवनले गरेको छ ।