काठमाडौँ, पुस ३ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
कर्णालीका जयकिशन कोल्सावालाले ५३ र विलियम बोसिस्टोले ५२ रन बनाए । ३९ बल खेलेका कोल्सावालाले ६ चौका र दुई छक्का प्रहार गरे भने ३९ बल नै खेलेका बासिस्टोले तीन चौका र दुई छक्का प्रहार गरे ।
चाड्विक वाल्टनले ४६ रन बनाए ।
त्यसअघि जीसन मक्सूद १४ रन बनाएर आउट भए । रित गौतम डकआउट हुँदा गुल्सन झाले खाता खोल्नै सकेनन् ।
चितवनका सोहित तान्विरले दुई विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले एक/एक विकेट लिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार