भरतपुर, २० मंसिर
२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भरतपुर महानगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।
महानगर भित्र रहेका २०७ जना स्वयंसेविकाहरुलाई नगद पाँच हजार सहित सम्मान गरिएको हो ।
यस्तै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित सम्मानजनक बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित सम्मानजनक बिदाइ गरेको हो ।
नगरमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ८ जनालाई महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान र बिदाइ गरिएको भरतपुर महानगरापािलकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो ।