चितवन, मंसिर २० –
मिसन रेड परियोजना अन्तर्गत एस डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त आयोजनामा र भरतपुर अस्पतालको सहकार्यमा पुस २ गते भरतपुर अस्पताल परिसरमा “मेरो पहिलो रक्तदान ” रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
देशभर देखिएको चरम रक्त अभावलाई मध्यनजर गर्दै फाउन्डेसनले नयाँ रक्तदातालाई उत्प्रेरित गर्न कार्यक्रम आयोजना गर्न लागिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले जानकारी गराउनुभयो ।
मिसन रेड अभियानले विगत एक बर्ष देखि रक्तदान कार्यक्रमहरु, रक्तदान सम्बन्धि उत्प्रेरणाका कार्यक्रमहरु गर्दै आएको छ