Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक ०३, २०८२
☰
Logo सोमबार, कार्तिक ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

  • १०. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

कृषिमा प्रचुर सम्भावनाहरु रहेको सरोकारवालाहरुको भनाई

भरतपुर, १८ मङ्सिर :

नेपाल सरकार, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको आयोजना, आन्तरिक राजश्व कार्यालय चितवनको समन्वय तथा चितवन उद्योग संघ र चितवन च्याम्बर अफ कमर्शको सहकार्यमा कृषि उद्यमी तथा कृषि क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसँग समग्र कृषि क्षेत्रको विकासका लागि सुझाव संकलन प्रयोजनार्थ छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल सरकार, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्य डा.कल्पना खनालले कार्यक्रमको उद्देश्य सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफल कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले नयाँ योजना कार्यान्वयनमा लैजानु पूर्व पूर्वाधार तयार गरेर सरोकारवालासँग धनिभूत छलफल गर्न जरुरी रहेको बताउनुभयो । दवाडीले जमिन उपयोग नीति अन्तर्गत बाँझ जमिनलाई लामो समयको लागि भाडामा दिने व्यवस्था मिलाउनु पर्ने समेत बताउनुभयो ।

त्यस्तै नेपाल सरकार अर्थमन्त्रालयका उपसचिव तथा अर्थशास्त्री कृष्ण प्रसाद शर्माले कृषि क्षेत्रमा सुधार ल्याउनको लागि मन्त्रालयको तर्फबाट चालिएका पहलहरुको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले चितवनमा कृषि क्षेत्रबाट समेत राम्रो कर उठ्ने गरेको र चितवन कृषिमा सम्भावनाको बोकेको जिल्ला भएको बताउनुभयो ।

त्यसैगरी बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष पोल्ट्री उद्यमी त्रिलोचन कँडेलले पोल्ट्रीको अवैध आयात बन्द गर्नुपर्ने, उत्पादनको वितरण प्रक्रियालाई सहकारी मार्फत गर्नुपर्ने लगायतका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो । त्यस्तै कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेलले कृषकको उत्पादनको मूल्य आफै तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बागवानी अधिकृत रविकिरण पौडेलले नेपालको कृषि नीति आयात प्रवद्र्धन गर्ने खालको भएको बताउनुभयो । त्यस्तै फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष तेजेन्द्र सापकोटाले खेर गईरहेको जमिनलाई उपयोग गर्नुपर्ने र प्लाष्टिकका माला आयातमा रोक लगाउनुपर्ने धारणा राख्नुभएको थियो ।

छलफलमा व्यवसायिक कृषकहरु हरि अधिकारीले नीति उत्पादनमुखी र बजारीकरण गर्ने तर्फ उन्मुख हुनुपर्ने, रमेशचन्द्र पुरीले व्याप्त कालो बजारीलाई रोक्नको लागि सरकार तरबबाट निगरानी गर्नुपर्ने, डा.गिरीराज भन्तनाले अनुदानका आधारमा निर्यात गर्ने र आयात प्रतिस्थापन गर्नेलाई अनुदान दिने व्यवस्था हुनुपर्ने, शम्भु सुवेदीले रासायनिक मल र विषादीलाई न्युनिकरण गर्न प्रोत्साहन गर्नुपर्ने, ससन देवकोटाले नीति बनेपनि कार्यान्वयन कमजोर भएको र पूँजीगत खर्चमा अनुदान जाँदा अनुत्पादन क्षेत्रमा गएको बताउनुभयो ।

त्यस्तै चितवन उद्योग संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदीले रैथाने बालीहरुलाई प्रोत्साहन गर्नुपर्ने र कृषिमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । छलफलमा एनपिआई कलेजका प्रमुख ईन्जिनियर बाबुराम ढकालले एकीकृत कृषि अभियानमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले वास्तविक र समर्पित उद्योगीहरुले उत्पादन परिमाणका आधारमा अनुदान पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । त्यस्तै त्रिपुरेश्वर कृषि सहकारीका अध्यक्ष बेद प्रसाद सापकोटाले कृषि र पर्यटनलाई सँगसँगै जोडेर कार्यक्रम तयार गर्नुपर्ने बताउनुभयो । त्यस्तै चितवन जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुमा कुनै समस्या नरहेको र कृषि सहकारीहरुको क्षेत्रमा राम्रा कामहरु भईरहेको समेत बताउनुभयो ।

त्यस्तै वालकुमारी कलेजका सहायक क्याम्पस प्रमुख अनन्त ढुङ्गानाले कृषिलाई जनतासँग जोड्ने अनुसन्धानलाई विकाससँग जोड्ने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । त्यस्तै सप्तगण्डकी बहमुखी क्याम्पसका प्राध्यापक विनोद खण्ड तिमिल्सनाले कृषिमा टे«ड डिफेक्ट कसरी कम गर्ने लगायतका विषयमा धारणा राख्नुभएको थियो । छलफलमा उद्योग वाणिज्य संघका चितवनका कार्यसमिति सदस्य कृष्ण लामिछानेले कृषि उत्पादनको समर्थन मूल्य तोकिनु पर्ने बताउनुभयो । छलफलमा कृषि क्षेत्रमा लाग्नु भएका व्यसायिक किसानहरु, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विपिन जोशीको शव ल्याइयो नेपाल
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा
नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

ताजा समाचार

सबै

विपिन जोशीको शव ल्याइयो नेपाल

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

तोलामा ३ सयले बढ्यो सुनको मूल्य

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech