चितवन, मंसिर १८ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ ।
लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।