चितवन, मंसिर १४ –
चितवनका विभिन्न स्थानहरुमा रोट्रयाक्ट क्लवहरुले भोलिबाट रक्तदान कार्यक्रम गर्ने भएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।
भोलि मंसिर १६ गते भरतपुरको चौबिसकोठी र चितवनको टाँडीमा रहेको ॐ साइराम पोलिक्लिक अगाडि रक्तदान हुने आयोजकले जनाएको छ । दुबै स्थानमा बिहान ७ बजेबाट रक्तदान कार्यक्रम हुने छ । त्यसैगरी भोलि नै नवलपुरको सर्दीमा ११ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ ।
त्यसैगरी पर्सि १७ गते नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पस र चितवनको कलेज अफ मेडिकल साइन्स (पूरानो मेडिकल कलेज) अगाडि रक्तदान कार्यक्रम हुने छ । दुबै स्थानमा बिहान ८ बजेबाट रक्तदान सुरु हुने आयोजकले जनाएको छ ।
मेडिकल सिटीका रुपमा परिचित चितवनमा रगत अभाव देखिएपछि रोट्रयाक्ट क्लवहरुले रक्तदानको अभियान चलाएको जनाइएको छ । आफ्नो पायक पर्ने स्थानमा गई रक्तदानमा सहभागि हुन आयोजकले सम्पूर्णमा आह्वान गरेको छ ।