चितवन, मंसिर १४ –
चितवनको भरतपुरमा रहेको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमा भोलि र पर्सि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
शिविरमा अनुहार र कपालको निःशुल्क चेकजाँचसहित विशेषज्ञहरुद्वारा परामर्श दिइने लाइफ लाइनका सञ्चालक जयराम जोशीले जानकारी दिए । उनका अनुसार विशेषज्ञहरु काठमाठौंबाट आउँदै छन् ।
कपालको परीक्षण गर्न हेयर एनालाईजर मेशिन भर्खरैमात्र ल्याइएको उनले बताए । चितवनमा पहिलो पटक उक्त मेशिन आफूहरुले भित्र्याएको बताउँदै उनले उक्त मेशिनले कपाल सम्बन्धि समस्याको समाधानमा ठूलो सहयोग पुर्याउने बताए ।
त्यसैगरी अत्याधुनिक प्रविधिको फेस एनालाईजर पनि यतिबेलै लाइफ लाइनमा भित्र्याएको उनले जानकारी दिए । उक्त फेस एनालाईजरमा अनुहारको तस्विर खिचेपछि त्यसले अनुहार सम्बन्धि समस्या र त्यसलाई गर्नुपर्ने समाधानका उपायहरु बताइदिने जोशीको भनाइ छ । कसको कस्तो अनुहार छ र उक्त अनुहारलाई कसरी हेरचाह गर्ने भन्नेबारे मेशिनले बताइदिने छ । त्यसैगरी अनुहारमा आएका चायाँ, पोतो, पिम्पल्स लगायतका समस्या समाधान कसरी गर्ने भन्नेबारे पनि त्यही मेशिनले बताइदिने जोशीले जानकारी दिए ।
भोलि मंसिर १५ र पर्सि १६ गते दिन भर शिविर चल्ने उनको भनाइ छ । चितवन मेडिकल कलेज अगाडि रहेको लाइफ लाइन हेयर ट्रान्सप्लान्ट एण्ड स्किन केयर प्रालिमा आएर निःशुल्क स्वास्थ्य शिविरमा उपस्थित हुन उनले इच्छुकहरुलाई आह्वान गरेका छन् ।