चितवन, मंसिर १२ –
१७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका दिनेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर ७ गते राति सौराहाको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–३ नारायणगढ बस्ने ५५ वर्षीय अग्रवाललाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो ।
पक्राउ परेको दिनदेखि लागु हुनेगरी पाँच दिनको म्याद लिएर अग्रवालमाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।
‘१७ वर्षकी बालिकामाथि जबरजस्तीकरणी गरेको मुद्धामा अग्रवालमाथि अनुसन्धान भइरहेको छ । पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’, डिएसपी महतोले भने ।